धरानमा फिल्ममेकिङ्ग वर्कसप सुरु

अर्थबिट १०:००:०० बजे

काठमाण्डौ। सुदूर पूर्वी धरानमा आज सोमबारदेखि आधारभूत चलचित्र निर्माण प्रशिक्षण(क्र्यास कोर्स) कार्यक्रम सुरुवात भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना र नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा आज सोमबारदेखि २८ गतेसम्म प्रदेश नं.१ का १४  जिल्लाका चलचित्र निर्माणसँग इच्छा राख्ने नयाँ प्रतिभाहरुको लागि आधारभुत चलचित्र निर्माण प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम सञ्चालन भइरहेको छ।

धरानको हरियाली सामुदायिक बनको भवनमा आज एक कार्यक्रमका बीच स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुका माझमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले क्ल्याप बजाएर चलचित्र निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा करिब ६० जना उपस्थित थिए । धरानबाहिरका प्रशिक्षार्थीहरुलाई आवासको समेत सुविधा कार्यक्रम अवधिभर हुनेछ ।बाँकी तस्वीरमा हेर्नुहोस्ः

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।