आगामी चैत ८ गतेदेखि ग्रीन भेन्चर्सको आइपीओ आउँदै

अर्थबिट २०७८-११-३० ०९:२४:०० बजे

काठमाण्डौ।आगामी चैत ८ गतेदेखि ग्रीन भेन्चर्स लिमिटेडले   सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ । 

कुल निष्कासित सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ। 

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन् । पछिल्लो समयमा २५ लाख भन्दा बढीले आइपीओमा आवेदन दिइरहेकाले १० कित्ताका लागि मात्रै रु.१००० लगानी गर्दा उपयुक्त देखिन्छ।

शेयर निष्काशनकर्ता तथा बिक्री प्रबन्धकका रुपमा  लक्ष्मी क्यापिटल  रहेको छ । 

अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापूँजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।