अब नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फन्ड,अनलाइन बेटिङ जस्ता वेबसाइट पनि नचल्ने

अर्थबिट २०७८-१२-०१ ०८:४६:०० बजे

काठमाण्डौ।नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले आज सोमबार विभिन्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई पत्राचार गर्दै त्यस्ता साइटहरूमाथि रोक लगाउन निर्देशन दिएको हो।

यसअघि अर्थ मन्त्रालयको आग्रहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत फागुन १ गतेको पत्रमार्फत प्राधिकरणलाई त्यस्ता वेबसाइट तथा मोबाइल एप नेपालमा नचल्ने व्यवस्था मिलाउन भन्दै प्राधिकरणलाई पत्राचार गरेको थियो ।

त्यस्ता एप तथा वेबसाइटहरू गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित रहेको भन्दै नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गरिएको हो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।