पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

अर्थबिट ०३:२८:०० बजे

काठमाण्डौ।पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए । 

त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १÷१ विकेट लिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।