काठमाण्डौ।सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले कम्पनीले हकप्रद सेयर निष्काशनका लागि रेटिङ्ग एजेन्सी ईक्रा नेपालबाट डबल बी प्लस रेटिङ्ग प्राप्त गरेको छ।
यस रेटिङ्गले कम्पनीको अवस्था औषत रहेको र कम्पनीको लगानीमा मध्यम जोखिम रहेको देखाउँछ ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १५ औ वार्षिक साधारणसभाबाट पारित गरेको ५० प्रतिशत हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीले सबै प्रक्रिया पुरा गरी हकप्रदको निष्कासनका लागि तयारी थालेको जनाएको छ। कम्पनीले यस अघि नै हकप्रद सेयर निष्कासनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।