धितोपत्र बोर्डबाट पाए थप २ कम्पनीले आइपीओ निष्कासन अनुमति

अर्थबिट २०७८-१२-११ ०६:३२:०० बजे

काठमाण्डौ।नेपाल धितोपत्र बोर्डबाट थप २ कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले सीवाईसी नेपाल लघुवित्त र रिभर फल्स हाइड्रोलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । 

बोर्डबाट अनुमति पाएसँगै सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गर्ने छ । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त (घ) वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।  

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई बिक्री प्रबन्धक रहेको छ।

रिभर फल्स हाइड्रोले आयोजना प्रभावित र स्थानीयलाई ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ  । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ  । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।