सानिमा लाइफ इन्स्योरेन्सककी बीएम ढकालको म्युजिक भिडिओ सार्वजनिक(भिडिओसहित)

अर्थबिट २०७८-१२-१६ ०८:४४:०० बजे

काठमाण्डौ।सानिमा लाइफ इन्स्योरेन्सकी शाखा प्रबन्धक विनिता ढकालद्वारा गाइएको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । 

नेपाली सङ्गीत क्षेत्रको आशलाग्दो गायिका र सुरिलो स्वरकी धनी विनिता ढकाल (सिम्रन) को सुमधुर आवाजमा सजिएको ‘रुदा फर्की आउने भए डाको छोडी रोई दिन्थे....’ गीतको म्युजिक भिडियो संगीतप्रेमीहरु माझ युट्यूव मार्फत सार्वजनीक भएको हो । ढकाल सानिमा लाइफ इन्स्योरेन्स चावहिल शाखामा शाखा प्रबन्धकका रुपमा कार्यरत छिन् । 

सिर्जनशील गीतकार डा. दुर्गा पोखरेलको सुन्दर शब्द र चर्चित संगीतकार नारायण वलीको संगीत रहेको छ । कलाकार विनोद के.सी को निर्देशनमा तयार भएको म्युजिक भिडीयोमा मोडेल सगुन शाही र रमेश खतिवडा (क्षितिज) को अभिनय रहेको छ । सार्वजनिक भएको केही दिनमै दर्शकको अथाह माया र सद्भाव पाउन सफल सिर्जना अहिले जनजिब्रोमा झुन्डिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।