एनपीएल र अनलाइन सेक्युरिटीजको संयुक्त आयोजनामा बर्दिबासमा लगानीकर्ता साक्षरता कार्यक्रम

अर्थबिट २०७८-१२-२० ०२:३६:०० बजे

काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघ(एनपीएल)र अनलाइन सेक्युुरिटीजको संयुक्त आयोजनामा हिजो शनिबार बर्दिबासमा लगानीकर्त साक्षरता कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । 

महोत्तरी जिल्लाको बर्दिबासस्थित होटल गौतममा एनपीएल र अनलाइन सेक्युरिटीजको संयुक्त आयोजनामा बर्दिबासमा लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न भएको हो । बर्दिबासमै अनलाइन सेकुरिटिज (ब्रोकर नं.४९ ) को कार्यलयसमेत स्थापना भएको छ । 

सेयर बजारको विकास र साना लगानीकर्ताको हितमा सदैव काम गरिरहने सशक्त संगठन,  पूँजी बजारको हकहितलाई लिएर सदा प्रपत्नशील रहँदै आएकी एनपीएलकी अध्यक्ष राधा पोखरेलले आगामी दिनमा   सातै प्रदेश र सतहत्तर जिल्लामा कार्यक्रम लैजाने बताइन् । लगानीकर्ता साक्षरताको कार्यक्रमलाई लिएर अगाडि बढ्ने योजना अनुरुप प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै धेरै भन्दा धेरै लगानीकर्तालाई पूँजी बजारमा भित्र्याउने अवधारणालाई अगाडि बढाउँदै आएको उनको भनाइ छ । आफ्नो जन्मस्थान बर्दिबासमा सेयर बजारको साक्षरता गर्ने सपना उद्देश्य लामो समयपछि सफल भएको उनले दाबीसमेत गरिन् । 

पूँजीबजारलाई राजधानी खाल्टो र देशका प्रमुख सहरहरुमा मात्र सीमित नभई देशको हरेक कुना कुनामा रहेका लगानिकर्ताको पहुँचमा पुर्याउन आ –आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग दिदैं सधैँ अग्रसर रहने  एनपीएलकी अध्यक्ष पोखरेल बताउँछिन् । पूँजीबजारमा भएका विविध समस्याहरुमा समाधानका लागि सदैव एक कदम अगाडि रहने उनले उक्त कार्यमा साथ दिने अनलाइन सेक्युटरिज लगायत सबैमा आभार प्रकट गरेकी छिन् । 

उक्त कार्यक्रममा १०० जनाभन्दा बढी उपस्थिति रहेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।