२७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने

अर्थबिट २०७८-१२-२८ ०७:३७:०० बजे

काठमाण्डौ।सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । 

प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

त्यसैगरी प्रदर्शनीमा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायतका विषयहरु रहनुका साथै व्यवसायीहरुले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टन, यूपीएस र ल्यापटप तथा डेस्कटप जस्ता उत्पादनहरु प्रदर्शन तथा बिक्रीमा राखिने छ । 

महासङ्घका महासचिव नारायण थापाले सूचना प्रविधिसम्बन्धी अध्ययन तथा कार्य गरिरहेका विद्यार्थीको क्षमताको विकास गर्नुका साथै उनीहरुको आइडियालाई प्लेटफर्म प्रदान गर्न र इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा उपयोग गर्नु मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।