पोखरा।पोखरामा शुक्रबार वित्तीय साक्षरता तथा उद्यमशीलता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बिश्वमोहन अधिकारी महिलाहरू घर र बजार दुवैमा संघर्ष गर्नु परेको दाबी गर्छन् । हिन्दू धर्मले पनि महिलालाई उच्च स्थान दिएपनि व्यवहार मा त्यस्तो नभएको उनको जिकिर छ ।
“वित्तीय साक्षरता उद्यमीहरुलाई भन्दा पनि सभासद्, विधायिका, तथा कर्मचारीतन्त्र लाई दिन आवश्यक रहेको छू”,“अधिकारी भन्छन्,“नियामक निकायका कर्मचारी, कानून बनाउने सभासद् तथा राजनीतिक व्यक्तित्त्वहरुमा वित्तीय साक्षरता, अर्थशास्त्र, तथा व्यापार व्यवसाय सम्बन्धित ज्ञान नभएकोले पनि महिला उद्यमशीलता को विकास हुन लाई अफ्ट्यारो परेको कुरा उनले बताए। महिला उद्यमशीलता का लागि नियामक निकायको भूमिका नै महत्त्वपूर्ण हुने र सो निकाय सक्षम र सबल हुनुपर्ने उनको आशय रहेको देखिन्छ।
पोखरा उद्योग वाणिज्य संघ र न्यू बिजनेस एज प्रालिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा महिला उद्यमीहरु तथा विभिन्न वित्तीय संस्था का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महिला उद्यशीलतालाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ यस कार्यक्रमको आयोजना गरिएको थियो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको सभापतित्वका साथै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा महिला उद्यमी मा देखिएका समस्या, कोभिडपछि महिलाका लागि व्यवसायिक अवसरहरू, वित्तीय साक्षरता तथा महिला उद्यमशीलताका चुनौतीहरू का बारेमा अन्तरक्रिया भएको थियो ।
महिला उद्यमशीलताका विषयमा विभिन्न मुद्धाहरु उठाइएको उक्त कार्यक्रम मा झण्डै ५० जना महिला उद्यमी, व्यवसायिक व्यक्तित्त्व तथा वित्तीय संस्था का प्रतिनिधिहरू को उत्साहजनक उपस्थिति रहेको थियो।