क्यान इन्फोटेक २०२२(फिचरफोटो)

अर्थबिट २०७९-०१-०९ ०८:४२:०० बजे

काठमाण्डौ।कम्युटर अशोसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा २७ औं संस्करणको गत बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ जारी छ ।आगामी बैशाख १२ गतेसम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् । वर्षेनि आयोजना हुँदै आएको यो मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन ।

मेलामा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई(गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहेका छन् ।

अवलोकनर्ताले इन्फोटेक मेलामा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् ।

साथै सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध छन् ।

यसैगरी आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहेका छन् । 

यसपाली ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको छ ।

मेलाको शीर्ष प्रायोजक आईएमई पेले रु. १ मै टिकट काट्ने सुविधा दिएको छ जुन डिजिटल माध्यमबाट खरिद गर्नुपर्नेछ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।