बुद्ध एयरको विमानभित्र १० हजार ८०० अमेरिकी डलर !

RSS २०७९-०१-११ ०६:५५:०० बजे

काठमाण्डौ।नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।