पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारहरूले गरे इन्फोटेक भ्रमण,सोमबार अझ विशेष रहने

अर्थबिट २०७९-०१-११ १२:४८:०० बजे

काठमाण्डौ।आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धी कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

गत बुधबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको‘‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ भोलि सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ ।

६ दिनसम्म चल्ने इन्फोटेकको दोश्रो अन्तिम दिन आइतवार अन्य दिनको तुलनामा विद्यार्थीहरुको अत्यधिक भिड रहेका कारण सन वे कलेज, सफ्टवारिका कलेज, कान्तिपुर सिटी कलेज, एनआइसिटी कलेज, एलबिइइफ कलेज लगायतका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अध्ययन हुने कलेजहरुमा विद्यार्थीहरुको भीड देखिन्थ्यो । 

इन्फोटेकको इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज र एकाडेमिक पार्टनर सनवे कलेजले आफ्नो स्टल रहेका स्थानहरुमा विद्यार्थीहरुद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरु, थ्रीडी प्रिन्टीङ्ग, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ्ग, तिन पाङ्ग्रे गाडी, ड्रोन, साइकल रहेका कारण सोहि विधामा अध्ययनरत विद्यार्थीहरु तथा अवलोकनकर्ताहरुमा आकर्षण देखिन्थ्यो । इन्फोटेकको सिल्भर प्रायोजक टेक्मिन्ट इन्नोभेसन्सको ए।आईमा आधारित च्याटबोट, भिडियो केवाइसी, कन्ट्राक्ट म्यानेजमेन्टमा पनि अवलोकनकर्ताको रुचि तथा आकर्षण देखिएको थियो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र  सागर लम्साल ‘बले’ तथा र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् । 

हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ । 

खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको भनाई छ ।

इन्फोटेकलाई सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न संघसंस्था तथा कम्पनीहरूले प्रायोजन गरेका छन् । महासंघका अनुसार क्यान इन्फोटेक, २०२२ को टाइटल स्पोन्सर आईएमई–पे, एसोसिएट स्पोन्सर एससीटी, स्मार्ट क्यूआर र युनियन–पे तथा प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन छन् । त्यस्तै डायमण्ड स्पोन्सर डिशहोम फाइबरनेट, गोल्ड स्पोन्सरमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर स्पोन्सरमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रूपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्स–ल्याब, ई–कमर्श पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रूपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रूपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रूपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ ।

इन्फोटकमा विभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।

आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरीद गरेर इन्फोटेक भ्रमण गरिरहेका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहानेहरूले रू। १०० तिरेर इन्फोटेक भ्रमण गर्न सक्ने छन् । सूचना तथा सञ्चार प्रविधि व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेला प्रदर्शनी सोमबार सम्पन्न हुँदै छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।