सरकारद्वारा १० सामग्रीको आयातमा बन्देज(सूचीसहित)

अर्थबिट २०७९-०१-१४ १६:०३:०० बजे

काठमाण्डौ।सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा बन्देज लगाएको छ।

सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई  विभिन्न १० प्रकारका सामग्रीको आयातमा आयातमा बन्देज लगाउने भएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म  विभिन्न १० प्रकारका सामग्रीको आयातमा रोक लगाउने भएको हो । 

पैठारीमा बन्देज लगाइएका उल्लिखित वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले  आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने बताइएको छ। 

यसैगरी बैशाख १३ गतेभन्दा अगाडि बैकिङ्ग माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुनेछैन।

बन्देज लगाइएका सामग्रीहरूः

१.कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५.६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 

६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।