रिभर फल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न, नतिजा केही बेरमा हेर्न सकिने

अर्थबिट २०७९-०१-१९ ०७:२३:०० बजे

काठमाण्डौ।आज सोमबार रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयरको बाँडाफाँड सम्पन्न भएको छ । 

रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेकोमा विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता शेयर मध्येबाट १० कित्ता माग गर्ने २२७ २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ ज्ना, १०० कित्ता माग गर्ने २४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ । यसैगरी १३० कित्ता भन्दा बढी कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये  चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँड गरिएको छ । 

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७८ चैत्र २७ गते देखि २०७९ बैशाख ११  गते सम्म संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको ७,००,००० कित्ता साधारण शेयर निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब १.९७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको जनाएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com बाट केही बेरमा हेर्न सकिने व्यवस्था मिलाइएको प्रभु क्यापिटलले जानकारी दिएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।