काठमाण्डौ। नेपालमा अवैध आयातले गर्दा पनि स्वदेशी उत्पादन कमजोर बनेको उद्यमी पवन गोल्यानले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा उद्यमी पवन गोल्यानले नेपालमा अवैध आयातले गर्दा पनि स्वदेशी उत्पादन कमजोर बनेको बताएका हुन् ।
नेपालमा अवैध आयातले गर्दा पनि स्वदेशी उत्पादन कमजोर बनेको उनले जिकिर गरे । उनका अनुसार नेपालमा ६ खर्ब रुपैयाँको कपडा खपत हुन्छ तर ५ खर्ब रुपैयाँको सामान अन्डर बिलिङ तथा अवैध पैठारीबाट भित्रने गरेको उनले बताए ।
निर्यात उद्यमी पवन गोल्यानले टेक्सटाइल उद्योग मूल्य शृङखला अभिवृद्धिमा अत्यधिक योगदान रहेपनि यसको प्रवद्र्धनमा राज्यको ध्यान नजाँदा यस्ता उद्यमी बीचमै हराउने गरेको दाबी गरे ।
निर्यात मुलक उद्योगलाई सहज पुनर्कजा र निर्यात कर्जाको बिमाको व्यवस्था पनि आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा सहभागी निजी क्षेत्र र पूर्व सरकारी अधिकारीहरु समेतले स्वदेशी उत्पादन प्रवर्दन र निर्यातका लागि ठोस नीतिगत व्यवस्था अभाव र सामयिक सक्रियताको अभाव रहेको सहभागीले औल्याएका छन् ।