कफी कल्चरमा रमाउँदै पोख्रेली जसले पिउँछन् १ अर्बको कफी,१० हजार बढी रोजगार

शिरीष ढकाल २०७९-०२-११ ०४:०५:०० बजे

पोखरा।अहिलेको पोखे्रली समाजमा कफी कल्चर बढ्दो छ । सहरका हरेक कुनामा कफी शप खुलेका छन् । युवादेखि वृद्धवृद्धा वर्ग सम्मका कफी पारखीहरु भेटिन्छन् । कफीसँग सम्बन्धित व्यबसाय जस्तै कफी खेती, कफी प्रोसेसिङ, कफी शप, तथा कफी मेशिन बिक्री लगायतका व्यवसायहरु मौलाएका छन् । होटल तथा रेस्टुँराहरुमा कफी मेशिन राख्नु अनिवार्य जस्तै बनिरहेको छ । तर, कुनै समय यस्तो पनि थियो जुन बेला यहाँ कफी खाने प्रचलन लगभग शून्यसरी  नै थियो । 

आजभन्दा करिब १६ वर्ष अगाडि पोख्रेली समाजमा कफी खाने प्रचलन नै थिएन ।अधिकांश मानिसलाई कफी बारे कुनै ज्ञान नै थिएन । जब कफी खाने  कुनै प्रचलन नै थिएन तब स्वभाविक रुपमा नै न त कुनै कफी शप थिए न त यसको उत्पादन नै हुने गरेको थियो । 

शोभाखर अधिकारी एक कफी व्यवसायी हुन् । माछापुच्छे« अर्गानिक कफी प्रोडक्टस् सञ्चालन गर्दै आइरहेका उनी यस्ता व्यवसायी हुन् जसले पोखरामा कफी कल्चरको टे«न्ड  सेट गर्न ठूलो भूमिका खेले । उनी कफी खेती  तथा प्रोसेसिङ्ग व्यवसाय गर्छन । उनको हल्लनचोक–लेकसाईडमा कफी शप पनि रहेको छ । 

बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहँदा बसेको कफी खाने बानीलाई निरन्तरता दिन तथा पोखरामा कफी कल्चरको विकास गर्नका लागि सन् २००६ देखि कफी खेती गर्न थाले । कफी खेतीसँगै उनले कफी प्रोसेसिङ्गको पनि काम पनि गरे । जुन कास्की जिल्लामैै पहिलोपटक थियो । 

त्यस समयमा कफी रोस्ट गर्ने देखि लिएर कफी तयार पार्नका लागि अहिलेको जस्तो  आधुनिक मेशिनरी उपलब्ध थिएनन् । सुरुवाती समयमा कफी रोस्ट गर्नका लागी हण्डाको प्रयोग गरेको र मोका पटमा कफीको धुलो छानेर कफी सर्भ गर्ने गरेको कुरा उनले सम्झिए ।

कफी बारे कुनै ज्ञान नै नभएको बेलामा कफी खाने मानिसहरु एकदमै न्यून संख्यामा हुने गर्दथे । मानिसलाई कफी खान सिकाउन अनेक तरिका अपनाएको उनले जनाए । “ग्राहक आकर्षित गर्नका लागि लाईभ रोस्टिङ् गर्ने देखि लिएर, ५ किलो कफी किन्दा एउटा मोका पट फ्री मा दिने सम्मका तरिका अपनाएँ ।”; उनले भने ।

त्यस वेलामा कफी खाने प्रचलन दूव्र्यसनीमा लागेका, विदेश गएर आएका तथा विदेशी पर्यटकहरुमा मात्र सीमित रहेको थियो । कफी व्यवसायको अवस्था पनि नाजुक रहेको थियो । जो कोही कफी खेती गर्न चाहँंदैनथे । कफी खेती सुरु गर्दा उनलाई मानिसहरुले पागल भन्ने गर्ने गरेको उनी दाबी गर्छन् । कतिपय कफी किसान पलायन नभएका पनि हैनन् । उनी थप्छन्; “मैले २०१२ मा १ करोड लगानीमा कफी शप तथा प्रशोधन प्लान्ट स्थापना गर्दा मानिस अचम्मित परेर हेर्न आउने गर्दथे ।”

बिस्तारै पोखरामा कफी पिउने प्रचलन बढ्दै गयो । बढ्दै गरेको प्रचलन संगै विभन्न कफी शप, कफी खेती लगायतका कफी व्यवसाय पनि बढ्दै गए । 

“पछिल्लो २–३ वर्ष देखि कफी खाने टे«ण्ड ले रफ्तार लिएको छ ।”; विगत १० वर्ष देखि कफी मेशिन मर्मत तथा बिक्री गर्दै आइरहेका आर.पी. ट्रेर्डस्का सञ्चालक राम अधिकारीले बताए । उनका अनुसार अहिले शहरका हरेक कुनामा कफी शप खुलेका छन् । होटल, रेस्टुराँ हरु कफी मेशिन बिना अधुरो हुन थालेका छन् । “अहिले त गाऊँ–गाऊँमा पनि कफी शप खुल्न थालेका छन् ।”;उनले भने ।

पछिल्लो समयमा युवा वर्गहरुमा पनि कफीको लोकप्रियता बढेको व्यवसायीहरु बताउँछन् । युवाहरु डेटिङ् स्पटको रुपमा कफी शपलाई रोज्ने गरेको कुरा राम अधिकारीले बताए । जिमहलमा पनि कफी मेशिन राख्ने प्रचलन बढेको छ । कफी शप मानिसहरुको जमघटको थलो बनेको छ । कफी शपमा कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । कफीका पारखीहरुको सङ्ख्या बढ्दो छ । नयाँ नयाँ कफी शप खुल्ने क्रम जारी नै छ । पोखरामा वर्षेनी ५० देखि ६० ओटा नयाँ कफी शप खुल्ने गरेको मेशिनरी तथा बिन्स् सप्लार्यसहरु बताउँछन् । 

कास्कीमा १४ ओटा कफी खेती गर्ने  सहकारी संस्थाहरु छन् भने कतिपय किसानले सहकारीमा आवद्ध नभईकन खेती गरिहेका छन् । पोखरामा झण्डै ५०० ओटा कफी शपहरु छन् । पोखरामा मात्रै वार्षिक रुपमा ६० देखि ७० टन कफी खपत हुने गरेको छ । जसमध्य ३० देखि ३५ टन कफी पोखरा र आसपासका क्षेत्रहरुमा उत्पादन हुने गरेको छ । बाँकी अन्य जिल्ला र विदेशबाट आयातित कफीले बजारको माग धानेको अवस्था छ । कफीकै कारणले झण्डै १० हजार जनाले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । मोटामोटी रुपमा हेर्ने हो भने कफी शपमा मात्रै झण्डै १ अर्बको लगानी रहेको छ भने वाषिक रुपमा लगभग १ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ ।  

पछिल्लो समयमा कफी कल्चर यसरी बढ्नुमा विभिन्न कुराले पनि असर पारे । कफीमा पाईने क्याफिनले एक किसमको एडिक्सन पैदा गर्दछ । त्यसैले एक पटक कफी खान बानी परेको मानिसले सधैंजसो खाई नै रहेको पाईन्छ । पछिल्लो समयमा बढ्दो बारिस्ता तालिमले पनि यस कल्चरलाई बढाउन सहयोग ग¥यो । विदेश जान चाहनेले बारिस्ता तलिम गर्न थाले । जसले गर्दा कफी बनाउने दक्ष जनशक्तिको उत्पादन भयो । कतिपयले त देखावटीका लागि पनि कफी खान थालेको कुरा व्यवसायीहरु जिकिर गर्छन् । 

भविष्यमा कफीको बजार अझ ठूलो हुने व्यवसायीहरु बताउँछन् । राम अधिकारीका अनुसार अब विस्तारै घर तथा अफिसमा कफी मेशिन राखेर खाने प्रचलन अउने छ । “मानिसहरुले अन्य मुलुकमा जस्तै क्यापचिनो मेशिन, मोका पट तथा एरो प्रेस आदि किनेर घरमै कफी खान सुरु गर्ने छन् ।”;उनले भने । उनका अनुसार भविष्यमा इन्स्ट्यान्ट कफीलाई अर्गानिक कफीले विस्थापित गर्ने छ । यसका साथै कोल्ड कफीको पनि टे«न्ड आउने उनी बताउँछन् । अहिले मानिसले क्वान्टिटीलाई फोकस गरेको र आउने समयमा क्वालिटीलाई फोकस गर्ने उनी दाबी गर्छन् । 

कफीको बजार ठूलो रहेको छ । कफीको सम्भावना नेपालमा मात्र नभएर अन्तराष्ट्रिय बजारमा पनि रहेको छ । नेपालको कफी विश्वकै उच्च गुणस्तरीय कफी मध्यकै एक रहेको छ । तर सरकारको वेवास्ताका कारणले कफी उद्योग ओझेलमा परेकोमा कफी व्यबसायीको गुनासो रहेको छ । “सरकारले अरु केही गर्नु नै पर्दैन बस् उत्पादित कफीको बजार सुनिष्चित गरिदए मात्र पुग्छ ।”; राम अधिकारीले बताए । 

कफीको इतिहास 

कफीको सुरुवात इथियोपियाको कफा भन्ने जंगलबाट भएको हो । १५ औं र १६ औं सताब्दीमा त्यहाँबाट युरोप एशियाका विभिन्न मुलुकमा फैलिन पुग्यो । नेपालमा भने १९३८ मा हिरा योगी नाम गरेका एक किसानले गरेका थिए । उनले नेपालमा म्यानमारदेखि कफीको बीउ ल्याएका थिए । 

तत्कालीन समयमा कफी ल्याउन प्रतिबन्धित थियो । उनले आफूले टेक्ने बाँसको लौरीमा लुकाएर कफीको बीउ ल्याई गुल्मीमा रोपेका थिए । त्यहाँबाट नै नेपालको अन्य भागमा कफी फैलिएको मानिन्छ ।   

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।