प्रभु क्यापिटलद्वारा सेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन

अर्थबिट २०७९-०२-१२ ०९:२४:०० बजे

काठमाण्डौ।प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

गत जेठ ९ गते सुरु भएको कार्यक्रम जेठ ११ गते सम्म ३ दिन चलेको क्यापिटलले जानकारी दिएको छ । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तर्गत एमबीए तथा एमबीएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

उक्त वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए । 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।