काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएकी छिन् ।
आइतबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रीय अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे ज्ञापनपत्र बुझाएकी हुन् ।
अध्यक्ष पोखरेलसहित गएको टोलीले ४–१२ को क्यापलाई पूर्ण खारेजी गर्नुपर्ने,सीडीलाई पुनःसीसीडी नै कायम गर्नुपर्ने,जोखिम भारित औसत पुनः १०० नै कायम गर्नुपर्ने,बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने उक्त ज्ञापनपत्रमा समेटिएको जानकारी दिएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ततकाल समस्या समाधान गर्न निर्देशन दिइएको पोखरेलले जिकिर गरिन् । भोलि पोखरेल र संघका अन्य पदाधिकारीले राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई भेट्ने योजना रहेको छ ।