सार्वजनिक यातायातको भाडा बढ्यो,कुन ठाउँको कति बढ्यो?

अर्थबिट २०७९-०२-२७ ०८:०७:०० बजे

काठमाण्डौ।इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको छ ।

इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।हिजो बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।