खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

अर्थबिट २०८१-१०-१२ १२:१५:०० बजे

खाँदबारी । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्नुहँुदै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिनुभयो । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ ।

कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताउनुभयो । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले उहाँले बताउनुभयो । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उहाँले बताउनुभयो ।

यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ ।  सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथाङ्का सडकको दुरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।