काठमाण्डौ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल सरकारका सट्टामा श्री ५ को सरकार सम्बोन्धन गरेका छन् ।
ललितपुरस्थित खुमलटारमा अवस्थित बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले २ पटकसम्म श्री ५ को सरकार सम्बोधन गरेका हुन् ।
धितोपत्रको दोस्रो बजारमा सामाजिक सञ्जालकै कारण प्रभावित भइरहेको तर त्यसका लागि नियमन तथा नियन्त्रण गर्न धितोपत्र ऐनमा ग्याप भएको र मौजुदा कानूनले नछोएको जिकिर गर्दै नभएका कारण सरकार र अर्थमन्त्रालय अत्यन्तै सिरियस रहेको हमालको दाबी छ ।
पत्रकार सम्मेलनकै क्रममा अध्यक्ष हमालले २ पटकसम्म श्री ५ को सरकार सम्बोधन गरेलगत्तै नेपाल सरकार भन्दै बोली सुधारे ।यद्यपि उनको अभिव्यक्ति बारम्बार दोहोरिएकाले नेपाल सरकारलाई अपहेलना गरेको र पुरानै राज्यव्यवस्थाको भक्ति गाएको देखिन्छ । यस विषयमा धितोपत्र बोर्ड जस्तो गरिमामय संस्थाको नेतृत्व सम्हालेका हमाल वर्तमान सरकारसँग रुष्ट रहेको प्रष्टिन्छ ।