विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह

अर्थबिट २०७९-०३-१५ ०४:३२:०० बजे

काठमाण्डौ।आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलका क्रममा विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न ब्यवसायीलाई आग्रह गरेको हो । 

विभागले हालै एक सूचना प्रकाशन गरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट वीजक जारी गर्न आग्रह गरेको थियो । सोही विषयमा छलफलगर्न गएको महासंघको प्रतिनिधीमण्डलसँग विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा हुने फाइदाका बिषयमा समेत जानकारी गराएको थियो । 

छलफलका क्रममा विभागमा महानिर्देशक रितेश कुमार शाक्यले कर प्रणालीलाई समय सापेक्ष वनाउने क्रममा पछिल्ला दुई मध्ये एक आर्थिक वर्षमा १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न विभागले आग्रह गरेको बताए ।  

त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा ब्यवसायीलाई पर्ने कठिनाइका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा उनले झण्झटिलो प्रक्रियाका कारण ब्यवसायीलाई पर्ने असुविधालाई सम्वोधन गर्न विभागसँग आग्रह गरे । 

त्यसक्रममा विभागका पदाधिकारीहरुले सुरुवाती चरणमा कुनै पनि विषय अप्ठ्यारो लाग्नु स्वभाविक भए पनि यसलाई क्रमशः सहजीकरण गर्दै लैजानुपर्ने खाँचो औंल्याए । त्यसक्रममा विभागका तर्फवाट विद्युतीय माध्यमवाट कर बीजक जारी गर्दा ब्यवसायीलाई कुनै अप्ठ्यारो आइपरे विभागले सहजिकरण गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।

छलफलका क्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियशरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र काठमाडौं सुचाँदी ब्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।