काठमाण्डौ।एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपालको सन्दर्भमा सर्वसाधारणमा आइपीओ जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।
शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन्, त्यस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुवै बीचको पुलको रुपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रा.लि. (हाल मेरो जब लिमिटेड) को स्थापना भएको हो ।
मेरो जब लिमिटेडले मेरो जब डटकम जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १,००० भन्दा बढी क्यापासिटी बिल्डिङ्ग कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा तालिमहरु प्रदान गर्दै आइरहेको छ । मेरो जब लिमिटेडले आगामी दिनहरुमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धी अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरु तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भुमिका निर्वाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रुपमा स्थापित गर्ने लक्ष लिएको छ ।