सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

RSS २०७९-०४-१२ ०४:१२:०० बजे

काठमाण्डौ।दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।

समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो । 

कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।