काठमाण्डौ।आज सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
सिडिएससीले सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर न्याकमा स्थानान्तरण गर्नुपर्ने भएकाले आज साँझ ५३० देखि अधिकतम एक दिनसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
सिडिएससीले सञ्चालन गरेका मेरो सेयर,सि–आस्वा,वेब सिडिएस,सीएनएस लगायतका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने बताइएको छ ।