काठमाण्डौ।नियामक निकायहरुले जिम्मेवारी बहन नगर्दा शेयर बजार जुवाघर बन्ने दाबी भएको छ ।
नेपाल इन्भेष्टर्स फोरमकी सदस्य तथा अजोड इन्स्योरेन्सको सञ्चालकसमेत रहेकी सिर्जना सुवेदीले नियामक निकायहरुले जिम्मेवारी बहन नगर्दा शेयर बजार जुवाघर बन्ने दाबी गरेकी हुन् ।
लामो समयदेखि शेयर बजारमा सक्रिय तर चर्चामा आउन खासै रुचि नराख्ने लगानीकीकर्ता तथा सञ्चालक सुवेदीले आफ्नो फेसबुक स्टाटसमा शेयर बजार जुवाभघरझैं बन्ने जिकिरसमेत गरेकी हुन् । शेयर बजार देनिक रुपमा घटिरहँदा ठूला तथा संस्थागत लगानीकर्ताहरुको आत्मविश्वास बढेर पुनः बजारमा लगानी नगरेमा बजारको ओरालो गति नरोकिने उनले बताएकी छिन् । साना तथा नयाँ लगानीकर्ता पहिलेदेखि नै मारमा परेको उल्लेख गर्दै उनले ठूला तथा संस्थागत लगानीकर्ता बजार फर्किनु पर्ने नत्र शेयर बजार साँच्चै नै जुवाघरझैं बन्ने उद्घोष गरेकी छिन् ।
सक्रिय लगानीकर्ता सुवेदीले भर्खरै संस्थागत बन्दै गइरहेको शेयर बजारमा लगानीकर्ताको विश्वास कायम रहनुपर्ने धारणा राखेकी छिन् ।“हिजोका दिनहरुमा शेयर बजार बढ्दा होसियार भन्दै ढोल बजाउने सेबोन र अरु निमयनकारी निकायहरुको लगानीकर्ताहरुले खर्ब गुमाईसक्दा केही जिम्मेवारी हुन्छ कि हुँदैन? कस कसको जिम्मेवारी हो खै बजारलाई बचाउने ?”,सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् ।