काठमाण्डौ। दुई मर्चेण्ट बैंकहरु बीच पूँजीबजारमा नयाँ र फरक प्रकृतिका कम्पनीहरु भित्र्याउने तीव्र होडबाजी नै चलेको छ ।
ग्लोबल आईएमई क्यापिटल र एनआइसी क्यापिटल गरी २ वटा मर्चेण्ट बैंकहरु बीचमा नयाँ र फरक प्रकृतिका कम्पनीहरु भित्र्याउने तीव्र होडबाजी चलेको हो ।
ग्लोबल आइएमई क्यापिटलले ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ मार्फत पूँजीबजारमा नयाँ प्रकृतिका कम्पनीहरुको प्रवेशलाई सहज तुल्याई रहेको छ । आइडियासँग पैसा व्यवस्थापनका लागि सेतूको काम गरिरहेको ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकाल बताउँछन् । स्टार्टअप कन्सेप्ट जसले चाहिँ मुनाफा आर्जन गर्दै पब्लिकमा गई नाफा पनि बाँडफाँट सुरुवातदेखि नै गर्ने कम्पनीहरुलाई प्राथमिकतामा राखेको उनले बताए । ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ करिब ४–५ वर्षदेखि क्यापिलले प्रचलनमा ल्याएको उनको जिकिर छ । न्यूनतम शुल्कमा आइपीओ निष्काशन गर्न प्रिमियम र बुक बिल्डिङ्गमार्फत सुविधा प्रदान गर्ने गरिरहेको उनी बताउँछन् ।
ग्लोबल आइएमई क्यापिटलल पछिल्लो समयमा ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’मार्फत् १६६ मेगावाट क्षमताको क्रिष्टल पावर डेभलपमेन्ट लिमिटेड,५० करोड पूँजीको जनता प्रशारण तथा प्रकाशन,एपेक्स मल्टीप्लेक्स(सिनेमा हल),सर्वोत्तम सिमेन्ट,रिलायन्स स्पिनिङ्ग मिल्स लगायत छन् ।
यसैगरी पूँजीबजारमा नयाँ कम्पनीहरु भित्र्याउन निकै आक्रमक भूमिकामा खरो उत्रनेमा एनआईसी क्यापिटल पनि हो । क्यापिटलले ल्याएको स्किमको नाम‘आइडिया टू आइपीओ’ रहेको छ । विगत ५ वर्षदेखि सञ्चालनमा आएको क्यापिलले ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’स्किममा फरक ढंगबाट प्रस्तुत हुँदै पूँजीबजारमा नयाँ कम्पनीहरु भित्र्याइरहेको छ । पछिल्लो ९ महिनाको अवधिमा १५ कम्पनी भित्रिसकेका छन् । कम्पनीलाई सही समयमा आइपीओ वा प्रिमियममा गई सम्पत्ति अधिकतम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको एनआइसी एशिया क्यापिटलका सीइओ रमेन्द्र रायमाझी दाबी गर्छन् । कर्पोरेट एडभाइजरी अन्तर्गत भिन्न तरिकाले प्रडक्टमा फिचर बनाएर आइपीओमा जान सचेत नभएकालाई प्रमोट गरिरहेको उनले बताए । आइडिया फुर्ने तर फण्डको अभावमा कम्पनी स्थापना तथा सञ्चालनमा गर्न नसक्नेहरुलाई समेत पूर्ण प्याकेज अन्तर्गत पूँजीबजारमा भित्र्याउन सहयोग गर्ने गरेको उनले जिकिरसमेत गरे । कम्पनीको जुनसुकै अवस्था रहे पनि ‘आइडिया टू आइपीओ’मा आवद्धता दिलाई पूँजीबजारमा प्रवेशमा सहयोगी भूमिका खेल्ने उनले जानकारी दिए ।
पछिल्लो समयमा एनआइसी एशिया क्यापिटलको ‘आइडिया टू आइपीओ’मार्फत् चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्टल लि.,क्यापिटल वान लि.,बुद्धनगर एग्रो फार्म लि.,सारा नेपाल लि.,पशुपति इन्भेरोमेन्ट पावर क.लि.,एण्ड पशुपति इन्भेरोमेन्टल इन्जिनियरिङ्ग पावर क.लि.,लूप नेटवर्क लि.,मेरो जब लि.,म्युजिक नेपाल लि.लगायत रहेका छन् ।
धितोपत्रको सार्वजनिक निष्काशन कार्य प्रबन्धको जिम्मा लिने,प्रत्याभूति गर्ने,धितोपत्रको शेयर रजिष्ट्रेशन गर्ने तथा ग्राहकको लगानी व्यवस्थापन गर्ने नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको संस्था मर्चेण्ट बैंक हो । हाल नेपालमा ३० वटा मर्चेण्ट बैंकहरु कार्यरत रहेका छन् ।