औद्योगिक गणनाको नतिजा सार्वजनिक,प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग

RSS २०७९-०५-३० १४:५२:०० बजे

काठमाण्डौ।राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । 

नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेका छन् । 

सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार तीन सय ३३, लुम्बिनी प्रदेशमा १० हजार पाँच सय आठ, मधेस प्रदेशमा सात हजार दुई सय ७९, गण्डकी प्रदेशमा छ हजार आठ सय १८, सुदूरपश्चिममा तीन हजार तीन सय ८७ र कर्णाली प्रदेशमा एक हजार छ सय ३५ वटा उद्योग प्रतिष्ठान छन् । 

देशभरका उद्योग प्रतिष्ठानले तीन लाख ८१ हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले वार्षिकरूपमा रु एक खर्ब सात अर्ब ८९ करोड २६ लाख ३३ हजार तलब भत्ताबापत भुक्तानी गरिरहेको सर्वेक्षणले देखाएको छ । औद्योगिक सर्भेक्षण २०७६ सालमा सुरु गरिए पनि कोरोना महामारीका कारण २०७८ मा मात्रै सम्पन्न भएको निर्देशक आचार्यले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।