अनलाइन सेक्युरिटीजको आयोजनामा शनिबार धनकुटामा निःशुल्क शेयर तालिम हुने

अर्थबिट २०७९-०५-३१ १०:५६:०० बजे

धनकुटा।शनिबार धनकुटामा निःशुल्क शेयर तालिम कार्यक्रम आयोजना हुने भएको छ । 

अनलाइन सेक्युरिटीज लि.(स्टक ब्रोकर नम्बर ४९)ले भोलि शनिबार धनकुटामा निःशुल्क शेयर तालिम कार्यक्रम आयोजना गर्ने भएको हो ।

कारोबारका आधारमा हाल नेपालमा रहेको ५० स्टक ब्रोकरहरुमध्ये अग्रपंक्तिमा रहेको अनलाइन सेक्युरिटीजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै शेयर लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ‘सुरक्षित लगानीका उपाय’ विषयक कार्यक्रम भोलि शनिबारका दिन होटल चिप एण्ड बेष्टमा बिहान ८ बजेदेखि सुचारु हु्ने बताइएको छ ।

उक्त कार्यक्रममा शेयर कारोबार कसरी गर्ने,प्राथमिक र दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने,कम्पनी छनोट गर्ने तरिका,लगानी सुरक्षित बनाउने उपायहरु,आधारभूत र प्राविधिक विश्लेषणका विविध आयाम,पो्र्टफोलियो व्यवस्थापन,अल्पकालीन र दीर्घकालीन कारोबार,टीएमएसको प्रभावकारी सञ्चालन,कम्पनीका वित्तीय विवरण अध्ययन र सोको प्रभावलगायतका विविध विषयहरुमा छलफल तथा जानकारी दिइने अनलाइन सेक्युरिटीजले जनाएको छ । 

उक्त कार्यक्रममा शेयर कारोबार गरिरहेका,नवप्रवेशी लगानीकर्ता वा इच्छुक सबैलाई निःशुल्क सहभागिताका लागि अनलाइन सेक्युटिरीजले आग्रहसमेत गरेको छ । सोही कार्यक्रममा सहज ढंगले उपस्थित भएकाहरुलाई टीएमएस बनाउन सक्ने र नयाँ डिम्याट खाता खोल्दा १ वर्षसम्मको सञ्चालन शुल्कसमेत छुट दिइने बताइएको छ । 

धरानमै रहेर पनि धनकुटाबासीलाई ब्रोकर सम्बन्धी जुनसुकै सेवा प्रदान गर्न सधैं तत्पर रहेको अनलाइन सेक्युरिटीजले बताएको छ । 

अनलाइन सेक्युरिटीज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०६८ सालबाट शेयर कारोबार गर्दै आइरहेको संस्था हो । काठमाण्डौको पुतलीसडकमा  केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरिटीजले सुनसरीको धरान,मोरङ्गको उर्लाबारी,नुवाकोट,बर्दिबास लगायतका शाखाहरुबाट ब्रोकर कार्यालयबाट प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीको अध्यक्ष  अनन्त कुमार पौडेल हुन् भने प्रमुख कार्यकारी अधिकृतका रुपमा बिशाल कुमार अग्रवाल कार्यरत छन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।