बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग, मोबाईलबाटै सबै गन्तब्यको टिकट काट्न सकिने

अर्थबिट २०७९-०५-३१ ०८:२६:०० बजे

काठमाण्डौ।नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ ।

यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिनेछ । बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।  साथै दशैँमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाईल देखि नै आफ्नो गन्तब्यको टिकट काट्न सक्नेछन् ।  

अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यस पटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ्ग गरि सहज रुपमा यात्रा गर्नुहुन अनुरोध गर्दछौँँ ।’  

अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार  भन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकाट काट्न सकिनेछ । साथै खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कंका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ । 

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।