चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : अध्यक्ष दाहाल

अर्थबिट २०७९-०६-१० १७:३२:०० बजे

काठमाण्डौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ । 

आज साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले चलचित्र हेर्न लायक बनेको बताउनुभएको हो । उहाँले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताउनुभयो । “सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि जानुभएको थियो । अध्यक्ष दाहालले ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुग्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।