नेप्सेले चाँडै सकारात्मक लय समात्ने एमएफआईको संकेत

पिताम्बर गौतम २०७९-०७-०३ ११:३१:०० बजे

काठमाण्डौ।विगत केही दिनदेखि लगातार घटिरहेको शेयर बजारले हिजोको कारोवारमा लोअर लो बनाएको भए पनि एउटा इन्डेक्सले  Higher High बनाएको देखिएको छ, त्यो हो Money Flow Index अर्थात MFI के हो र हिजोको कारोबारलाइ यो इन्डेक्स मार्फत कसरी हेर्न सकिन्छ भनेर यहाँ छोटो चर्चा गर्ने कोशिस गरिएको छ।

के हो  Money Flow Index अर्थात MFI

MFI एउटा Momentum Indicator हो । यो RSI जस्तै प्रकृतिको इन्डिकेटर भएपनि यसलाइ टेक्निकल एनालाइसिसमा आरएसआइ भन्दा राम्रो इन्डिकेटर मानिन्छ किनकि आरएसआइ ले मूल्यलाई मात्र प्रतिनिधित्व गर्छ भने MFI  ले भोल्युम र मूल्य दुवैको कम्विनेसनका रुपमा काम गर्छ । MFI  लाई निम्न शुत्रका आधारमा निकाल्न सकिन्छ ।

Money Flow Index=100-100/(1+Money Flow Ratio)

Where,

Money Flow Ratio=14-Period Posetive Money Flow/14-Period Negative Money Flow

Raw Money Flow=Typical Price*Volume

TYpical Price=(High+Low+close)/3

 

हिजोको कारोबार लाइ कसरी हेर्ने त ?

माथिको चित्रमा हिजोको क्यान्डलले लोअर लो बनाएको भएपनि Money Flow Index अर्थात MFI  ले Higher High  बनाएको  प्रष्ट रुपमा देख्न सकिन्छ । धमाधम लाभांश घोषणा भइरहनु तथा नजिकिंदो चुनावका कारण तरलता सहज हुने र बजार माथि जान सक्ने आधारमा  Smart Money बजार प्रवेश गरिरहेको हल्लाका बीच यो इन्डिकेटरले विगत ४ दिनको कारोबारमा लगातार Higher High बनाएको  देखिएका कारण Smart Money बजारमा प्रवेश गरिरहेको हो कि भन्ने कुरालाई बल पुग्छ जुन कुरा आगामी दिनमा बजारले नै प्रष्ट रुपमा बताउने नै छ । 

(शेयर बजारमा सक्रिय गौतम प्राविधिक विश्लेषणमा जानकार हुन्)

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।