आजदेखि सरकारी कार्यालय १ घण्टा अगावै बन्द हुने

अर्थबिट २०७९-०७-१६ ०७:१५:०० बजे

काठमाण्डौ।आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्।

तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्।

यस अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन्। बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।