इटहरी । स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशले शारीरिक रुपमा अशक्त भएका ब्यक्तिहरुको लागि हिडडुल गर्न सहज होस् भन्ने उद्देश्यसहित व्हीलचियर वितरण अभियान सुरु गरेको छ।
स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा सुरु गरिएको अभियान अन्तर्गत सुनसरीको इटहरीस्थित पुर्वाञ्चल अपांग र असहाय वृद्धा सेवा केन्द्रको हलमा उक्त कार्यक्रमको समुदघाट्न गरेको हो।
बैशाख २ गते बाट सुरु गरेको कार्यक्रम ६ गते सम्म चल्ने स्पाइनल इन्जुरी सङ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले बताए।उक्त अवधी भरिमा करिब २५० जना अशक्त ब्यक्तिहरुलाई निशुल्क रुपमा व्हीलचियर वितरण गर्ने उनको भनाइ छ।
यो अभियान जोनी एण्ड फ्रेण्डस अमेरिकाको सहयोग, सुन्दरढोका साथीसेवा र करुणा फाउण्डेशनको समन्वय र स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा सञ्चालन भएको घिमिरेले जानकारी दिए। जोनी एण्ड फ्रेण्डर्सको प्राविधिक टोलीले शारीरिक बनावट अनुसार अनुकूल व्हीलचियर निर्माण गरेकाले प्रयोगकर्ताहरूले सुविधा महसुस गरेका छन्।
पहिलो चरणमा व्हीलचियर पाएका सुनसरीका ध्रुवकुमार चौधरीले यो नयाँ व्हीलचियर अघिको भन्दा धेरै सहज भएको बताएका छन्।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रममा बोल्दै प्रदेशका १३७ वटै पालिकामा अपांग सहयोग तथा पुनर्स्थापना केन्द्र सञ्चालनमा रहेको जानकारी गराए। साथै, १२६ जना अपांगता भएका व्यक्तिहरूलाई रोजगारी दिइएको र भविष्यमा सीपमूलक कार्यक्रममार्फत थप रोजगारीको अवसर सिर्जना गरिने बताए।
कार्यक्रममा पुर्वाञ्चल अपांग असहाय वृद्धा सेवा केन्द्रको अधुरो भवन अपांगमैत्री र्याम्प सहित निर्माण गरिदिन आग्रह गर्दै मुख्यमन्त्रीलाई केन्द्रकी अध्यक्ष तृप्ता मगरले उक्त ज्ञापनपत्र बुझाएकि छिन।
उक्त कार्यक्रम बाट कोशी प्रदेश भरीका शारीरिक रुपमा अशक्त ब्यक्तिले लाभ उठाउन सक्ने छ।