रूस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदार : सर्वेक्षण

अर्थबिट २०७९-०७-१७ १८:१७:०० बजे

काठमाण्डौ।नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ ।

भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो ।

युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन् ।

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन् ।

हर्ष भी पन्त, प्रेमेश साह र अन्यद्वारा लिखित ‘ओआरएफ फरेन पोलिसी सर्भे २०२२ः इन्डिया एट ७५ एन्ड द वल्र्ड’ले संयुक्त राज्य अमेरिकालाई २७ प्रतिशतले पछ्याएको छ ।

यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ ।

युक्रेनमा आठ महिनाभन्दा बढी समयदेखि जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको छ र कच्चा तेलको मूल्यमा अचानक वृद्धि भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।