नक्कली करारनामा बनाइ ठगी गर्ने पक्राउ

अर्थबिट २०७९-०७-१८ १६:३६:०० बजे

काठमाण्डौ।नेपाल प्रहरीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी  बिहीबार  सार्वजनिक गरेको हो ।

अन्सारीलेकाठमाण्डौ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाण्डौ र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगञ्जबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौपठाइएको सो कार्यालयले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।