सुनसरी।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को निर्णय कार्यान्वयन गर्नका लागि सुनसरी उद्योग वाणिज्य संघले पनि आन्दोलन सुरु गर्ने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघलेने चर्को बैंक ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध भोलि बुधबारदेखि आन्दोलन सुरु गरेको हो ।
चर्को बैंक ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध बृहत् शान्तिपूर्ण विरोध र्यालीमा सहभागी हुन सुनसरी उद्योग वाणिज्य संघले आह्वानसमेत गरेको छ । चर्को बैंक ब्याजदर तथा प्रतिकुल बैंकिङ्ग नीति विरुद्ध सरकार तथा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन र अनुकुल नीतिहरु निर्माणका लागि दबाब सिर्जना गर्न संघको प्राङ्गगणमा बुधबार बिहान १० बजे आयोजना गरेको बृहत शान्तिपूर्ण र्यालीमा सहभागिताका लागि सम्पूर्ण उद्योगी व्यवसायी लगायत सरोकारवालाहरुमा सुनसरी उद्योग वाणिज्य संघले आग्रह गरेको छ । भोलि बुधबारका दिन कुनै पनि बैंकसँग कारोबार नगरिदिन पनि संघले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकले लागू गरेको चालु पूँजी मार्गनिर्देशन र सोही मार्ग निर्देशनको आड्मा बैंक तथा वित्तीय सस्थाहरुले मनोमानी रुपमा गरेको ब्याजदर वृद्धिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएको ठहरसहित त्यसको विरुद्धमा धरानका सम्पुर्ण बैंकहरुमा सुनसरी उद्योग वाणिज्य संघद्वारा ज्ञापन पत्र बुझासकेको छ भने बैंकले अव्यवहारिक रूपमा वृद्धि गरेको ब्याजदर र ऋण सम्बन्धमा आफ्नो धारणासहित ज्ञापनपत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत नेपाल सरकारलाई चेतावनीसहितको बुझाइसकेको छ ।