सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी गर्न आग्रह

अर्थबिट २०७९-०७-२३ ०७:०८:०० बजे

काठमाण्डौ।सुनचाँदी ब्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी निर्देशिका जारी वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागसँग आग्रह गरेका छन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी निर्देशकाको अभावमा ब्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै सिघै निर्देशका जारी गर्न आग्रह गरेको हो ।

त्यसक्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले ब्यवसायीहरुको मागलाइ आफूले सकारात्मकरुपमा लिएको र सिघ्र निर्देशका जारी गर्न पहल गर्ने बताए । यसकालागि आवश्यक अध्ययनगरी शीघ्र प्रकृया अगाडि बढाउने आश्वाशन उनले दिए ।

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट निर्देशिका नहुँदा ब्यवसायीहरु मर्कामा पर्दै आएका छन् । 

यसैवीच व्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति ब्यवस्था मिलाउनका लागि आवश्यक पहल गर्न पनि विभाग समक्ष आग्रह गरे । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको छ । 

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।

भेटका महासंघका उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य, महासचिव धर्मशुुन्दर बज्राचार्य र सचिव किरणभाई बज्राचार्यको उपस्थिति थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।