चौथो अन्तरराष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

अर्थबिट २०७९-०७-३० १६:१५:०० बजे

काठमाण्डौ।चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ।

सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल  ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ।

महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा गरिएको छ भने विभिन्न छलफलका मञ्चहरु पनि आयोजना गरिने छ ।

 सन् २०१८ देखि  शुरु भएको यो चलचित्र महोत्सव चाइना मिडिया ग्रुप र हाइनान प्रान्तको जनसरकारले संयुक्त रूपमा आयोजना गर्दै छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।