झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार !

अर्थबिट २०७९-०८-१२ १२:१७:०० बजे

काठमाण्डौ। हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ ।

स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध रु एक लाख ६१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध रु दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।