एकल पुरुषलाई पनि मासिक रु पाँच सय भत्ता

अर्थबिट २०७९-०८-१७ १८:३५:०० बजे

काठमाण्डौ।सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । 

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । 

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताउनुभयो । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।