धरान।दिगो विकास लक्ष्यमैत्री मध्यमकालीन खर्च संरचना र राजस्व सुधार कार्य योजना बनाउने, दिगो विकास लक्ष्य बजेट सांकेतीकरण ,स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट निमार्ण गर्ने सम्बन्धीका विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेश नं.१ र सयुक्त राष्ट्र संघीय महिला विकास कार्यक्रमको आर्थिक सहयोगमा सो तालिम भएको हो।
कार्यक्रममा डा. तिर्थ ढकालले मध्यमकालिन खर्च र संरचना,डा. सग्राम सिंह लामा लैंगिक उत्तरदायि बजेट सम्बन्धि ,डा. गिरिधारि पौडलले दिगो विकास लक्ष्य सम्बन्धि र गणेश तिमल्सिना स्थानीय कर तथा राजश्व सम्बन्धी तालिमममा सहजीकरणको भूमिका निर्वाह गरेका थिए।
५ प्रदेशमा तालिम सम्पन्न भएको प्रदेश नं १ को यो छैटौ तालिम रहेको र अन्त्यमा बागमति प्रदेशमा हुने बताए।
तालिम प्रभावकारि सहभाहिमा नै भर पर्ने डा. लामाले बताए।डा. लामाले लैंगिक उत्तरदायी बजेट सम्बन्धी बजेट बनाउदा स्थानीय सरकारले बजेट बनाउँदा लैंगिक वर्गलाई कसरि प्राथमिकता दिने भन्नेबारे प्रष्ट पारेका थिए।
कार्यक्रमका अध्यक्ष विष्णु कुमार कार्की प्रमुख अतिथि प्रदेश नं १ का योजना आयोगका सचिव जय कुमार घिमिरे रहेका थिए।
कार्यक्रममा इटहरी, धरान उपमहानगरपालिकाको कार्यालय, इनरुवा, वराहक्षेत्र, दुहबी, रामधुनी नगरकार्यपालिकाको कार्यालय, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहा नरसिंह, हरिनगर गाउँकार्यपालिकाको कार्यालय, सुनसरी ,श्री पाँचखपन, खाँदबारी, मादी, धर्मदेवी, चैनपुर नगरकार्यपालिकाको कार्यालय, मकालु, भोटखोला, चिचिला र सभापोखरिबाट स्थानिय सरकारका प्रमुख तथा अधिकृतहरुको उपस्थित रहेको थियो।