शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुबीच ‘ह्विलचियर बास्केटबल प्रतियोगिता’

सरिता तामाङ्ग २०७९-०८-२० १४:५३:०० बजे

इटहरी।सगरमाथा खेलमैदान तरहरामा शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुबीच ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न  भएको छ।

अपाङ्गहरु पनि सशक्त झै जुनसुकै काम गर्न सक्छन भन्ने उदेश्यका साथ उक्त कार्यक्रम स्पाइनल इन्जुरी संघ प्रदेश १ इटहरी (सुनसरी )को आयोजनामा सम्पन्न भएको हो।

उक्त प्रतियोगिता ३१ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा  सञ्चालन गरेका  स्पाइनल इन्जुरी सघ प्रदेश न १का अध्यक्ष बिक्रम घिमिरेले बताए।अन्य शहरमा पनि यस्ता कार्यक्रम हुने संघको भनाई छ ।

आज गरिएको प्रतियोगितामा जम्मा ३ वटा टिम सहभागी भएका थिए।जसमध्ये  आयोजक टिम इटहरीले नै पहिलो स्थान हासिल गर्न सफल  भएको छ। भने धरानका टिम दोर्सो र संखुवासभाका टिमले तेस्रो स्थान हासिल गरेका छन।

प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि सन्देश चौधरीले प्राप्त गरेका थिए भने हाइ स्कोरका उपाधि सोम राईले प्राप्त गरेका छन।

कार्यक्रममा पहिलो ,दोर्सो र तेस्रो स्थान हासिल गर्ने टिमलाइ ट्रफी,प्रमाणपत्र साथै नगद पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल रहेका थिए।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।