विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा...

अर्थबिट २०७९-०८-२१ १४:२९:०० बजे

काठमाण्डौ।विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । 

नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् । 

झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचायले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेकोे खुलेको छ । 

यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि मंगलबार नै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ । 

प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीमाथि रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।