मदिरा पसलमा आगलागी, करिब रु ८० लाख बराबरको क्षति

अर्थबिट २०७९-०८-२५ १४:४८:०० बजे

सप्तरी।सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताउनुभयो । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताउनुभयो ।

साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, पङ्खा, हिटर, फर्निचर, नगद रु १० लाखका साथै रु ३५ लाख बराबरको मदिरा जलेर नष्ट भएको छ । 

राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिन दुई घण्टा लागेकाले पसल भित्रको सबै समान खरानी भएको पसल सञ्चालकका दाजु अनिलकुमार साहले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।