सिनामङ्गलमा बसको ठक्करबाट ४२ वर्षीय पैदलयात्रुको मृत्यु

अर्थबिट २०७९-०९-०१ ०७:३६:०० बजे

काठमाण्डौ।काठमाण्डौको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।