सुन व्यवसायीमाथि गोली प्रहार

अर्थबिट २०७९-०९-०३ १३:५९:०० बजे

सहजपुर।कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उहाँलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनु भएका नायव उपरीक्षक जोशीले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।