काठमाण्डौ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मुलुककै नीति निर्माणको सर्वोच्च निकाय राष्ट्रिय योजना आयोजनामा सुनचाँदी व्यवसायका विविध पक्षलाइ समेटेर तयार गरिएको कार्यपत्र प्रस्तुत गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य र विज्ञ रघुवीर विष्टले महासंघका तर्फवाट कार्यपत्र प्रस्तुत गरेका हुन् । कार्यपत्रमा सुनचाँदी क्षेत्रको वृद्धि र विकासका लागि आगामी दिनमा नीतिगत रुपमा समट्नुुपर्ने विषयहरुलाई समावेस गरिएको छ ।
भारतको नीति आयोगले तयार गरेको कार्ययोजना र त्यसकको मर्मलाई पनि कार्यपत्रमा समेटिएको छ । नेपालको सुनचाँदी ब्यवसायका चूनौती र अवसर नामक सो कार्यक्रममा सुनचाँदी क्षेत्रका लागि राज्य र निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने कार्यहरुलाई प्रष्ट रुपमा समेटिएको छ ।
त्यसक्रममा योजना आयोगका कर्यवाहक उपाध्यक्ष डा. दिल वहादुर गुरुङग लगायत आयोजका विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।