एकल असहाय पुरुषलाई मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु

अर्थबिट २०७९-०९-०७ १०:३४:०० बजे

सिन्धुपाल्चोक।ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो ।

उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधैँ रकम जम्मा हुनेगरी मेगा, एनसिसी र सिन्धु बैंकलाई पत्राचार गरेको छ । 

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषका लागि पाँच सयका दरले भत्ता दिने घोषणा गर्नुभएको थियो । त्यही अनुरुप गाउँपालिकाले असक्त एक पुरुषका लागि पनि भत्ताको व्यवस्था गरेको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।